यूएन परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणः अनुसन्धान अन्तिम चरणमा « Khabarhub

यूएन परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणः अनुसन्धान अन्तिम चरणमा

दुई जना हिरासतमा, ३० जना अनुसन्धानको दायरामा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरीले लिने परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

डीआईजी बसन्त लामा नेतृत्वको छानविन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेर छानविन अन्तिम चरणमा पुर्‍याएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकारले खबरहबसँग भने, ‘हामीले प्रश्नपत्र ‘लिक’ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छौँ, अहिले सम्म हामीले दुईजना डीएसपीसहित ३० जनालाई सोधपुछ गरिसकेका छौँ भने साइबर ब्युरोमा कार्यरत प्रहरी हबल्दार कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमलाई आन्तरिक हिरासतमा राखेर काम गरिरहेका छौँ ।’

एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि 

छानबिन समितिका संयोजक डीआईजी बसन्त लामाले अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै सत्य तथ्या बाहिर आउने बताए । समितिलका एक सदस्यका अनुसार यूएन शाखाका डीएसपी वासुदेव पाठक, तालिम केन्द्रका डीएसपी रूपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा उनिहरुमाथि छानबिन भइरहेको छ । डीएसपी पाठक र खड्का परीक्षार्थी हुन् ।

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ 

यही साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा सात वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार प्रश्नपत्र ‘लिक’ भएको कुरा आएपछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्र तयार गरेर तोकिएको समयभन्दा डेढघण्टा ढिलो परीक्षा लिएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ४२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका