मुख्य राजमार्गमै पहिराको जोखिम « Khabarhub

मुख्य राजमार्गमै पहिराको जोखिम


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीसँग जोडिएका मुख्य राजमार्गमा पहिराको जोखिम बढ्दै गएको छ । लगातारको वर्षाका कारण महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्गमा पहिराको जोखिम बढेकोे हो ।

यी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।  दशरथचन्द राजमार्गको अनारखोली–पाटन सडकखण्डको हिरापुर, विप्याकटाल र जयपृथ्वी राजमार्गको खोडपे–वित्थड सडकखण्डको ढोल्यामोड, झौलेकलगायतका स्थानमा पहिरो खस्ने गरेको छ ।

यस्तै महाकाली राजमार्गकोे सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघर, बसाली र ढिकगाडमा पहिरो खस्ने गरेको छ । राजमार्गका ठाउँठाउँमा पहिराले दिनहुँजसो सडक अवरुद्ध हुने गरेको चालकहरुले बताएका छन् । धरमघरमा दिनहुँजसो पहिरो खस्दा सवारी सञ्चालनमा बाधा पुग्ने गरेको जीप चालक शेर कार्कीले बताए ।

सडक माथिबाट खसेको पहिराले सडक अवरुद्ध हुने गरेको छ उनले भने, “धरमघरको पहिराका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल हुन्छ, दिनहुँजसो खसिरहन्छ, यसले निकै सास्ती खेप्नुपर्दछ ।” जिल्लाभित्रै सञ्चालन हुने सवारीसाधनलाई मात्रै नभएर लामो दूरीका सवारीसाधनलाई समेत पहिराले गर्दा समस्या हुने गरेको ट्रक चालक धनेश जोशीले बताए ।

उनले भने, “खाद्यान्न बोकेर गन्तव्यमा गइरहेका बेला घण्टौँसम्म पहिराका कारण बीचबाटोमै रोकिनुपर्दछ ।” राजमार्गमा मोड सुधार कार्यक्रमअन्तर्गत सुधार गरिएका ठाउँमा पहिरो खस्ने गरेको सडक डिभिजन कार्यालय पाटनका सूचना अधिकारी हरि जोशीले बताए ।

उनले भने, “मोडसुधार गर्दा जमिन हल्लिएकाले पहिरो खस्ने गरेको हो, पहिरो खसे पनि तत्कालै पन्छ्याउनका लागि स्काभेटरको व्यवस्था गरेका छौं ।” पहिरो खसे पनि पहिरो पन्छ्याउनका लागि तत्कालै व्यवस्था गर्ने गरिएकाले वर्षाका कारणले भने तत्काल राजमार्ग पुनःसञ्चालन नहुने समस्या रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए ।

उनले भने, “पहिरो खस्ने सम्भावित ठाउँमा डोजरको व्यवस्था गरिएको छ, तर पनि लगातारको झरिले तत्काल सञ्चालन गर्न सकिदैन्, एकचोटी पन्छाए पनि फेरि खसिहाल्छ ।”

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १ : २४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई