चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा | Khabarhub Khabarhub

चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाङ्गन अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ । नेपालस्थित एमएडव्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चीनिया कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको विक्रीवितरण गर्नेछ ।

सन् २०२१ मा चाङ्गन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा विक्री भएको थियो । चीनमा विक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटोग्रुपले उत्पादन गर्दछ ।

एमएडव्लु स्कोडा, जीप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डहरूको नेपालस्थित एकमात्र आधिकारिक विक्रेता हो । यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोस्रो ठुलो कम्पनी पनि हो ।

सेडान, पिकअप, एसयुभी र इभीको साथसाथै अवार्ड विनिङ्ग युनिआइ श्रेणीका ब्राण्डहरू उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफल हुनेमा एमएडव्लुका अध्यक्ष विष्णु अग्रवालको विश्वास छ ।

उनका अनुसार भविष्यमुखी बनावट र नविन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गर्नेछ, साथै एमएडव्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्ट भन्दा उत्कृष्ट सेवा, सुबिधा प्रदान गर्न प्रतिबद्ध छ ।

यसैगरी चाङ्गन अटोग्रुपका उप महाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताएका छन् । यो देशकै दोस्रो ठुलो अटोमोटिभ ग्रुपले आफ्नो ग्राहक केन्द्रित विक्री सेवाको लागि ख्याति कमाएको छ, साथै यस सहकार्य मार्फत चाङ्गन ब्राण्ड आफ्नो सर्वोत्कृष्ट उत्पादन मार्फत ग्राहकवर्गको बदलिँदो आवश्यकता र चाहनाहरूलाई परिपूर्ति गर्ने तर्फ उन्मुख रहेको पनि उनको दावी छ ।

पहिलो चरणमा सेडान, पिकअप र एसयुभी तथा दोस्रो चरणमा विभिन्न विद्युतिय गाडीहरू नेपालमा विक्रीवितरण गर्ने योजना चाङ्गन अटोग्रुपको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ०६ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार