न्यू खिम्ती सवस्टेशन सञ्चालनमा | Khabarhub Khabarhub

न्यू खिम्ती सवस्टेशन सञ्चालनमा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ ।

स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०/१३२ केभीको छ । “सवस्टशेन आज चार्ज भई काठमाडौँसम्म बिजुली जोडिएको छ । यो आयोजनाका लागि अर्को महत्वपूर्ण सफलता हो”, श्रेष्ठले भने।

उनका अनुसार ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौँ प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताए ।

कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारी छ ।

उक्त सवस्टेशनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।

शुरुआती लागत रु ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर रु ८४ अर्बको हाराहारीमा पुगेको छ । यो आयोजनाले स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ३० बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी