‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिम कार्डसहितको आकर्षक सुविधा « Khabarhub

‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिम कार्डसहितको आकर्षक सुविधा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरू समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रूपमा प्राप्त गर्ने भएका छन् ।

‘शुन्य मोज्दात’मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरूले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरू सहितको सिमकार्ड निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् ।

बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको हो ।

मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकहरुका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्नुहुने ग्राहकहरुलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ । साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ ।

यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरुले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैंया मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ ।

यो सेवाको उपभोगसँगै आम ग्राहकबर्गहरुले कम लागतमा सञ्चार प्रविधिमा पँहुच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विस्तारमा समेत योगदान रहने मेगा बैंकको विश्वास रहेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : २८ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको