एकीकृत समाजवादीले एमालेको प्रतिवाद गर्ने « Khabarhub

एकीकृत समाजवादीले एमालेको प्रतिवाद गर्ने


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघीय संसदको नवौं अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य पारेका बेला एकीकृत समाजवादीले प्रतिवाद गर्ने भएको हो ।

एमालेको संसदीय दलको बैठकले पनि कारवाही गरिएका माधव नेपालसहित १४ सांसद संसदमा सहभागी भए बैठक चल्न नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयमा प्रतिक्रिया जनाउँदै समाजवादीका नेता विरोध खतिवडाले सदनमै जवाफ दिने चेतावनी दिए । ‘हाम्रो बारेमा केपी ओलीले उठाएका प्रश्नबारे सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ, खतिवडाले भने ।

समाजवादीले संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५३ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न