मिक्छेनले गरे थ्रीस्टारसँग दुई वर्षको सम्झौता नवीकरण « Khabarhub

मिक्छेनले गरे थ्रीस्टारसँग दुई वर्षको सम्झौता नवीकरण


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीका सदस्य मिक्छेन तामाङले ‘ए’ डिभिजन क्लब थ्रीस्टारसँग दुई बर्षको सम्झौता नवीकरण गरेका छन् ।

बुधबार क्लबले दुई बर्षको लागि मिक्छेन तामाङसँग सम्झौता नवीरकण गरेको हो । सम्झौता रकम भने खुलाइएको छैन ।

मिक्छेन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीका मुख्य खेलाडी थिए ।

गत सिजनसमेत थ्रीस्टारमै रहेका मिक्छेनले यसपालि पनि क्लबसँग रहने निर्णय लिएका हुन् । मिक्छेनलाई अध्यक्ष अरुनमान जोशीले १४ नम्बर अंकित जर्सी दिएर क्लबमा स्वागत गरे ।

यसअघि क्लबले राष्ट्रिय टोलीका अर्का सदस्य आयुश घलानसँग तीन बर्षको सम्झौता गरेको थियो ।

यस सिजनको लिगलाई थ्रीस्टारले कप्तान विक्रम लामासहित राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ, निशान खड्का, अट्याकर संजोक राई, डोना थापा, निराजन महर्जनलाई अनुबन्धन गरेको छ ।

विदेशी खेलाडीमा भने क्लबले हालसम्म एकमात्र राफेल बिदियस रिमलाई जोडेको छ । गत सिजनका गोलरक्षक प्रिसोलाईसमेत क्लबले जोड्ने योजना बनाएको छ ।

क्लबले मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई जिम्मेवारी दिएको छ । गत सिजन टोली हेरेका ए लाइसेन्स प्राप्त प्रशिक्षक मेघराज केसीले टोली छाडेसँगै उर्जनलाई मौका दिइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस पटक लिग २९ कात्तिकबाट आयोजना गर्दैछ । पुरस्कार राशीसमेत बढाएको एन्फाले गत बर्षको ५० लाखलाई बढाउँदै यस पटकको विजेताले ७५ लाख पाउने जनाएको छ । यस्तै दोस्रो हुने टोलीले ५० लाख पाउनेछ ।

१४ क्लब सहभागी लिगको पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ । गत सिजन सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा हुँदा बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : १५ बजे

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत