कर्णालीका ३४२ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी) « Khabarhub

कर्णालीका ३४२ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन ।

कर्णाली प्रदेशसभामा अब एकिकृत समाजवादीका तीन सदस्य कायम भएका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकायाले एमाले त्यागेर नयाँ दल रोजेका हुन । स्थानीय तहतर्फ ३३९ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तह अन्तर्गत सुर्खेतका १५, दैलेखका ६३, जाजरकोटका १०, कालीकोटका ६५, हुम्लाका ५, मुगुका २८, जुम्लाका ४४, डोल्पाका ४२, सल्यानका ६४ र रुकुम पश्चिमका ३ जना रहेको जानकारी दिए ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ९, चौकुने गाउँपालिकाका ३, पञ्चपुरी नगरपालिकाका २ र भेरीगंगा नगरपालिकाका १ जनाले एकिकृत समाजवादी रोजेका छन् । सुर्खेतका ९ स्थानीय तहमा गरी ९९ वडा छन् ।

एमालेले सिम्ता, लेकवेशी, चौकुनेमा प्रमुख/उपप्रमुख तथा र वीरेन्द्रनगरमा उपप्रमुख जितेको थियो । प्रमुख/उपप्रमुख सबै एमालेमै रहेका छन् भने एमालेले जितेका ४३ वडामा चार वडाध्यक्ष र वडा सदस्य ११ जनाले समाजवादी पार्टी रोजेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ३१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका