धागो उत्पादक उद्योगीले भने- विद्युत प्राधिकरणले अनावश्यक दुःख दियो « Khabarhub

धागो उत्पादक उद्योगीले भने- विद्युत प्राधिकरणले अनावश्यक दुःख दियो


२३ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धागो उत्पादक उद्योगीहरुले विद्युत प्राधिकरणले आफूहरुलाई अनावश्यक दुःख दिएको बताएका छन् ।

विद्युत प्राधिकरणले प्रयोग नै नगरेको डेडिकेटेड/ट्रंक लाइनको विद्युत महसुल तिर्न भनेपछि धागो उद्योगीहरुले यस्तो बताएका हुन् ।

 पत्रकार सम्मेलनको आयोजना गरेर धागो उत्पादक संघले ३-४ वर्ष अगाडीको विद्युत महसुल तिर्न भन्दै प्राधिकरणले दुःख दिएको बताएका हुन् । संघका अध्यक्ष तथा उद्योगी पवन गोल्यानले प्रयोग गरेको विद्युतको महसुल सबै तिर्दै आएको बताए । उनले प्राधिकरणका अनुसार आफ्नो धागो उद्योगले तिर्नुपर्ने महसुल बढेर २ अर्ब रुपैयाँ हाराहारीमा पुगेको बताए ।

भने, ‘३ वर्ष अगाडि ७० करोडको बिल आएको थियो । अहिले प्राधिकरणले विभिन्न शीर्षक बढेर २ अर्ब हाराहारी पुर्याइसकेको छ ।’ आफ्नो जस्तै अन्य धेरै उद्योगीलाई मारमा पारेको उनले बताए ।

‘हुँदै नभएको बिजुलीको बिलको बक्यौता विवाद सृजना गरेपछि नेपालको धागो निकासी नै घटेको छ,’ उनले भने, ‘केही वर्ष अगाडिसम्म नेपालबाट धेरै धागोको निकासी हुन्थ्यो । जुन अहिले खुम्चिएको छ ।’

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  १२ : १७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया