एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट « Khabarhub

एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

एमालेसँगको सम्बन्ध तोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जोडिए पनि निर्वाचन आयोगमा सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्य सोम पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन् ।

दल विभाजनका लागि भदौ २ गते निर्वाचन आयोगमा पेश गरिएको हस्ताक्षरमा नाम नभएको भन्दै आयोगले उनीहरुको सनाखत गर्न अस्वीकार गरेको थियो । उनीहरुले एमालेले कारबाही गर्न नपाउने अन्तरिम आदेशकोसमेत माग गरेका छन् ।

पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी हुन् । उनी अन्तिम घडीसम्म एमाले एकताको पक्षमा लागेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ४९ बजे

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार