कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै धर्ना « Khabarhub

कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै धर्ना


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

संघका अध्यक्ष अब्दुल सत्तार नेतृत्वको टोलीले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो ।

पार्टीको प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन धर्नामा बसेको अध्यक्ष सत्तारले बताए ।

उहाँले आफूहरुले राखेको माग सम्बोधन नभएसम्म पार्टी केन्द्रीय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो । “पार्टीभित्र आफ्नो समुदायले प्रवेश नै नपाउने गरी निर्देशिका आएकाले धर्ना सुरु गरेका हौँ”, उनले भने ।

मुस्लिम संघले आफ्नो समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधानअनुसार महाधिवेशन प्रतिनिधि चयन हुने गरी निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाइसकेको बताएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ३० बजे

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा