कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै धर्ना « Khabarhub

कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै धर्ना


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

संघका अध्यक्ष अब्दुल सत्तार नेतृत्वको टोलीले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो ।

पार्टीको प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन धर्नामा बसेको अध्यक्ष सत्तारले बताए ।

उहाँले आफूहरुले राखेको माग सम्बोधन नभएसम्म पार्टी केन्द्रीय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो । “पार्टीभित्र आफ्नो समुदायले प्रवेश नै नपाउने गरी निर्देशिका आएकाले धर्ना सुरु गरेका हौँ”, उनले भने ।

मुस्लिम संघले आफ्नो समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधानअनुसार महाधिवेशन प्रतिनिधि चयन हुने गरी निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाइसकेको बताएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै