कांग्रेस अधिवेशनः सोलुखुम्बुमा सर्वाधिक मतसहित २१ वर्षीया पूजा प्रतिनिधि चयन « Khabarhub

कांग्रेस अधिवेशनः सोलुखुम्बुमा सर्वाधिक मतसहित २१ वर्षीया पूजा प्रतिनिधि चयन


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– नेपाली कांग्रेसको जारी १४ औँ अधिबेशनमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि धेरै युवाहरु नेतृत्वमा चयन भएका छन् ।

‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिबेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् । वडा अधिबेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाँल खुल्ला महिला प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा भएको चुनावी प्रकृयाबाट सबै भन्दा धेरै मत ल्याएर प्रतिश्पर्धि सबैलाई उछिन्दै २१ बर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

२ सय ६३ मत खसेकोमा पुजाले सबै भन्दा धेरै अर्थात २ सय २ मत प्राप्त गरिन भने सोही वडाबाट कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीकी सहोदर बहिनी सरस्वती केसी भण्डारी ८९ मत मात्र प्राप्त गरेर पराजित हुन पुगिन् ।

उनीसँगै खुल्ला महिलाको ५ सिटका लागि प्रतिश्पर्धामा रहेकी कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले १ सय ४० मत मात्र प्राप्त गरेर क्षेत्रीय प्रतिनिधिमा जितिन ।

९ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ ईकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा विंसं.२०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भईन ।

अहिले उनी नेविसंघ सोलुको कोषाध्यक्ष र जिपि कोईराला फाउण्डेशनको जिल्ला सहसचिव छिन् । लगातार पूर्णकालिन राजनितिमा लागेकी उनी यो पटक धेरै मत ल्याएर जित्दा निकै दंग छिन ।

‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर वहाँहरुले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो’ उनले भनिन्, ‘चुनवामा गए पछि मलाई ९० प्रतिशत क्रियाशिलले माया गरेर जिताउनु भयो ।’

क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनितिमा यूवाहरुको भविश्य प्रति आशा जागेको उनको बुझाई छ । ‘कांग्रेसमा ५० कटेकालाई युवा नेता मान्नु पर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नु पर्छ’ पूजाले भनिन्, ‘अब कांग्रेसलाई पुनर्जीवन दिने जिम्मेवारी हाम्रो काँधमा छ, अग्रज पुस्तालाई सम्मानसहित मार्ग दर्शक ठान्ने हो, नेतृत्व हाम्रो पुस्ताले लिने हो ।’

उनलाई राजनीति गर्न परिवारको पृष्ठ भुमिकाले सहज भएको हो । उनको हजुरबा लिलाराज फुयाँल नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित थिए भने उनका बुबा यादव फुयाँल नेपाल शिक्षक संघको गाउँपालिका अध्यक्ष छन् ।

५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा २ वटा वडामा मात्र चुनावी प्रकृयाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली कांग्रेसको सबै भन्दा बढी क्रियाशिल सदस्य भएको वडा हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ५० बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका