धेरै एयरफोनको प्रयोग गर्नुहुन्छ ? सावधान ! हुनसक्छ यस्ता खतरा « Khabarhub

धेरै एयरफोनको प्रयोग गर्नुहुन्छ ? सावधान ! हुनसक्छ यस्ता खतरा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आधुनिक प्रविधिको विकाससँगै विभिन्न ग्याजेटको प्रयोग पनि बढ्दो छ । जसमध्ये एयरफोन पनि एक हो । प्रायः युवा तथा किशोर उमेरका व्यक्तिको अधिकांश समय कानमा एयरफोन हुने गर्दछ । यो एक प्रकारले फेसन झै बनेको छ । तर यही फेसन समस्या बन्न सक्छ ।

विभिन्न अनुसन्धान अनुसार ठूलो आवाजका साथ एयरफोन सुन्दा यसले कानको पर्दामा नकरात्मक असर पार्न सक्छ । लामो समयसम्म एयरफोन प्रयोग गर्दा सुन्न सक्ने क्षमतामा कमी आउँनुका साथै कान सुन्निन पनि सक्छ ।

एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या पनि बढ्दै जान्छ । एयरफोन प्रयोग गर्दा त्यसबाट विभिन्न विद्युत चुम्बकीय तरंगहरु निस्कन्छन्, जसले दिमागमा नोक्सान पुर्याउन सक्छ । अझ कान भित्रै पस्ने एयरफोनले दिमागमा समेत हानी पार्न सक्छ ।

ध्यान रहोस्, संगित सुन्दा ठिक्क आवाजमा सुन्नु पर्दछ । साथै निश्चित समयपछि कानलाई विश्राम दिनुपर्छ । ९० डेसिबलमा कुनै ध्वनी प्रतिदिन ४ देखि ५ घण्टासम्म सुनियो भने कानमा नोक्सान हुनसक्छ । एयरफोनमा जमेको धूलोका कारण कानमा इन्फेक्सन पनि हुन सक्छ । साथै आवाज नसुन्ने, दिमागमा असर तथा कान दुख्ने समस्या पनि बढ्दै जान्छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : १६ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी