आईपीएल : कोलकातासँग राजस्थान फराकिलो अन्तरले पराजित « Khabarhub

आईपीएल : कोलकातासँग राजस्थान फराकिलो अन्तरले पराजित


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराएको छ ।

सारजाहमा बिहीबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिबम डुबेले १८ रन बनाउन बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकत्ताका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए ।

जितसँगै कोलकत्ता १४ खेलमा १४ अंकसहित  चौथो स्थानमा उक्लिएको छ । उसले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ३५ बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको