विराटनगरबाट गुरु–जी फूड डेलिभरी सुरु « Khabarhub

विराटनगरबाट गुरु–जी फूड डेलिभरी सुरु


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि गुरु–जी फूड डेलिभरी’ सेवा विराटनगरबाट सुरु गरेको छ । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ । सेवा सुरु गरेको अवसर पारेर ‘गुरुजी फुड डेलिभरी’ले सुरुवाती समयको लागि खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क दिएको छ ।

खानाको डेलिभरी सेवा दिँदै आएको गुरु–जी फूड डेलिभरीले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ ।

यो सेवा पाउनका लागि मोबाइल बाहकले प्लेस्टोरबाट ‘गुरुजी फूड डेलिभरी एप’ डाउनलोड गरेर त्यसमा एकाउण्ट खोल्नुपर्ने वा एपमा साइनअप गर्नुपर्ने हुन्छ । लगइन गर्दा युजरलाई ‘युनिक रेफरल कोड’ आउँछ । जुन कोड प्रयोगकर्ताको साथीले रजिष्टर्ड गर्दा प्रयोगकर्ता र उनका साथीले ‘क्वाइन’ कमाउन सक्छन् । त्यसपछि गुरुजी एपलाई फेसबुक वा इन्स्टाग्राम एपमा शेयर गर्नुपर्नेछ ।

यो अफर अन्तर्गत एक विजेताले स्मार्टफोन उपहार पाउनेछन् । त्यस्तै ५ विजेताले एक हजार रुपैंयाँको फूड भौचर पाउनेछन् । त्यस्तै १० विजेताले पाँच सय रुपैंयाँ बराबरको फूड भौचर पाउनेछन् ।

‘गुरुजी फूड डेलिभरी’ले आफ्ना परिवार तथा नजिकका साथीभाईलाई यो सेवा लिनका लागि प्रोत्साहन वा सिफारिस गर्न भनेको छ । यो अफर यही कार्तिक १५ गतेसम्म लागु हुनेछ । यसको नतिजा भने कार्तिक १८ गते लक्ष्मीपूजाको दिन सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै