भेरी अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु « Khabarhub

भेरी अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दियाका ३ र दाङका एकजना गरी ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दाङ दंगीशरण गाउँपालिका– १ का ३७ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १३ गते अस्पतालमा पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

बर्दिया बारबर्दिया नगरपालिका– १ का ४२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १९ गते पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही दिन भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेको दुई दिनपछि उनको मृत्यु भएको छ।

बर्दियाकै राजापुर नगरपालिका– ४ का ५२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज ८ गते बर्दियामा पीसीआर गर्दा उनमा पनि कोरोना पोजिटिभ देखाएको थियो। त्यसको दुईदिनपछि उनलाई भेरीमा ल्याई भर्ना गरिएको थियो।

बर्दियाको राजापुर नगरपालिका– ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ ४ गते बर्दियामा पीसीआर गरेका उनलाई ५ गते भर्ना गरिएको थियो। महिनादिनको उपचारपछि उनको मृत्यु भएको छ।

योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : ५३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग