भेरी अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु « Khabarhub

भेरी अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दियाका ३ र दाङका एकजना गरी ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दाङ दंगीशरण गाउँपालिका– १ का ३७ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १३ गते अस्पतालमा पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

बर्दिया बारबर्दिया नगरपालिका– १ का ४२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १९ गते पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही दिन भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेको दुई दिनपछि उनको मृत्यु भएको छ।

बर्दियाकै राजापुर नगरपालिका– ४ का ५२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज ८ गते बर्दियामा पीसीआर गर्दा उनमा पनि कोरोना पोजिटिभ देखाएको थियो। त्यसको दुईदिनपछि उनलाई भेरीमा ल्याई भर्ना गरिएको थियो।

बर्दियाको राजापुर नगरपालिका– ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ ४ गते बर्दियामा पीसीआर गरेका उनलाई ५ गते भर्ना गरिएको थियो। महिनादिनको उपचारपछि उनको मृत्यु भएको छ।

योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : ५३ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक