प्रदेश–१ को नवौँ अधिवेशन आजदेखि « Khabarhub

प्रदेश–१ को नवौँ अधिवेशन आजदेखि


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर–१ प्रदेशसभाको हिउँदे अधिवेशन आज शुरु हुँदैछ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (एमाले) विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । संविधानतः यही असोज २५ गतेभित्र मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुपर्ने प्रावधान छ । आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव भने पेस हुने छैन ।

मुख्यमन्त्री आचार्यले तीन दिनअघि विराटनगरमा प्रदेशसभा भवन उद्घाटन गर्ने क्रममा दशैँपछि मात्र विश्वासको मत लिने जनाएका थिए ।

विपक्षी दलले भने असोज २४ गतेअगावै विश्वासको मत लिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न माग गर्दै आएका छन् ।

प्रदेशसभाको नयाँ भवनमा आजको बैठक बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : २६ बजे

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै