जसपाले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम « Khabarhub

जसपाले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।

जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति गठबन्धनमा बनेको छ।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ४९ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर