महिला उपमेयर कपको दोस्रो चरण आजदेखि « Khabarhub

महिला उपमेयर कपको दोस्रो चरण आजदेखि


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । प्रतियोगितामा आज दुई खेल हुनेछन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह ‘ए’ को विजेता झापाको कनकाइ नगरपालिका र समूह ‘जे’ को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

यस खेलको विजेताले बुधबार समूह ‘जी’ को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

अर्को खेल समूह ‘एफ’ को विजेता दाङकाे तुलसीपुर नगरपालिका र इलामको राेङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह ‘आइ’ को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलीलाई दश समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र