प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी « Khabarhub

प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो समेत इजलास तोकेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मुडमा छैनन्। उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन्।

जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने जानकारी दिए।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ३७ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा