प्रधानन्यायाधीशले सहमति विपरीत आफैँलाई इजलास तोकेको न्यायाधीशहरूको आरोप, इजलास बहिस्कार « Khabarhub

प्रधानन्यायाधीशले सहमति विपरीत आफैँलाई इजलास तोकेको न्यायाधीशहरूको आरोप, इजलास बहिस्कार


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई पनि इजलास तोकेपछि उनको राजीनामा माग्दै आएका सर्वोच्चका अन्य न्यायाधीशहरूले सोमबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सात वटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि पेशी चढाएका छन् । तर, प्रधानन्यायाधीश राणाले अब आफूलाई पेशी नतोक्ने बताएपछि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्न अन्य न्यायाधीशहरु तयार भएका थिए । तर राणा आफ्नै प्रतिवद्धताबाट पछाडि हटेपछि अन्य न्यायाधीशहरुले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि सुनुवाई नगर्ने भएका हुन् ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ भने प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।

‘प्रधानन्यायाधीशज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’, एक न्यायाधीशले न्युज कारखानासँग भने, ‘तर, सोमबार आफैँले उहाँले इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’

रााणले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले इजलास बहिस्कार गरेका छन् भने नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ३३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र