प्रधानन्यायाधीशले सहमति विपरीत आफैँलाई इजलास तोकेको न्यायाधीशहरूको आरोप, इजलास बहिस्कार « Khabarhub

प्रधानन्यायाधीशले सहमति विपरीत आफैँलाई इजलास तोकेको न्यायाधीशहरूको आरोप, इजलास बहिस्कार


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई पनि इजलास तोकेपछि उनको राजीनामा माग्दै आएका सर्वोच्चका अन्य न्यायाधीशहरूले सोमबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सात वटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि पेशी चढाएका छन् । तर, प्रधानन्यायाधीश राणाले अब आफूलाई पेशी नतोक्ने बताएपछि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्न अन्य न्यायाधीशहरु तयार भएका थिए । तर राणा आफ्नै प्रतिवद्धताबाट पछाडि हटेपछि अन्य न्यायाधीशहरुले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि सुनुवाई नगर्ने भएका हुन् ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ भने प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।

‘प्रधानन्यायाधीशज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’, एक न्यायाधीशले न्युज कारखानासँग भने, ‘तर, सोमबार आफैँले उहाँले इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’

रााणले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले इजलास बहिस्कार गरेका छन् भने नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ३३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको