स्क्रव टाइफसबाट गोरखामा एक जनाको मृत्यु « Khabarhub

स्क्रव टाइफसबाट गोरखामा एक जनाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृत्यु भएको हो। उनको स्क्रव टाइफसकै कारण मृत्यु भएको शाखा प्रमुख खनालले पुष्टि गरेका हुन् ।

‘केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले सिएमसीमा रिफर गरेको र त्यहाँ परीक्षणका क्रममा टाईफस पुष्टि भएको जानकारी पाएका छौं’, उनले भने, ‘पालिकाका अरु वडाहरूमा कसैलाई स्क्रव टाइफस छैन । मान्छेको मृत्यु नै भयो भनेपछि हामी तातेका छौं । स्वास्थ्यकर्मी खटाएर शंका लागेका व्यक्तिहरूलाई परीक्षण गर्छौं ।’

गण्डकी प्रदेशको गोरखा र म्याग्दी यो रोगको हटस्पट थियो । यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । अन्य पालिकामा पनि अलिअलि देखिएका छन् । यद्यपि, अहिले जिल्लाका अन्य पालिकामा पनि यो रोग खासै छैन । स्क्रव टाइफसका कारण मृत्यु हुने गोरखामा यो नै पहिलो घटना हो । पहिलो पटक बिरामीको मृत्यु भएपछि अन्य पालिकाहरुले सचेतना बढाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ४१ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र