स्क्रव टाइफसबाट गोरखामा एक जनाको मृत्यु « Khabarhub

स्क्रव टाइफसबाट गोरखामा एक जनाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृत्यु भएको हो। उनको स्क्रव टाइफसकै कारण मृत्यु भएको शाखा प्रमुख खनालले पुष्टि गरेका हुन् ।

‘केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले सिएमसीमा रिफर गरेको र त्यहाँ परीक्षणका क्रममा टाईफस पुष्टि भएको जानकारी पाएका छौं’, उनले भने, ‘पालिकाका अरु वडाहरूमा कसैलाई स्क्रव टाइफस छैन । मान्छेको मृत्यु नै भयो भनेपछि हामी तातेका छौं । स्वास्थ्यकर्मी खटाएर शंका लागेका व्यक्तिहरूलाई परीक्षण गर्छौं ।’

गण्डकी प्रदेशको गोरखा र म्याग्दी यो रोगको हटस्पट थियो । यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । अन्य पालिकामा पनि अलिअलि देखिएका छन् । यद्यपि, अहिले जिल्लाका अन्य पालिकामा पनि यो रोग खासै छैन । स्क्रव टाइफसका कारण मृत्यु हुने गोरखामा यो नै पहिलो घटना हो । पहिलो पटक बिरामीको मृत्यु भएपछि अन्य पालिकाहरुले सचेतना बढाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ४१ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम