दाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते « Khabarhub

दाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परी सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन् । बबई गाउँपालिका–३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए । घाइतेहरूलाई उद्धारपछि उपचारका लागि तुलसीपुर पठाएको उनले बताए । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ५३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र