एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएन : गृहमन्त्री खाँण (भिडियोसहित) « Khabarhub

एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएन : गृहमन्त्री खाँण (भिडियोसहित)


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् ।

सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताए ।

उनले सदन चल्न दिन एमालेसँग आग्रह पनि गरे । त्यस्तै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भइरहेको बताए ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दैसरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गरे ।

बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंहलगायतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : ०५ बजे

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा