पंचमुखी सरकारको विश्वास छैन : ओली | Khabarhub Khabarhub

पंचमुखी सरकारको विश्वास छैन : ओली


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन् ।

एमाले मोरङले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सबोधन गर्दै उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफुसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको उनले बताए ।

‘अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् कसले बोलेको विश्वास गर्नु,’ ओलीले भने, ‘देउवा एउटा कुरा गर्छन, प्रचण्ड अर्का कुरा गर्छन । अरूका त कुरा सुन्ने फुर्सद पनि छैन् । एमसीसीको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचन्डको फरकफरक धारणा आएपछि ओलीले यस्तो आरोप लगाएका हुन् ।

ओलीले तीन महिनासम्म मन्त्रीपरिषद् बिस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको पनि बताए । अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने ओलीको भनाइ छ । अरू दल कांग्रेसको पुच्छर भएर हिडेको उनको आरोप छ । ‘चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेका छन्। कांग्रेस बोल्दैन । तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन्’, उनले भने चुनावमा जाँदा हालत के हुन्छ हामी पनि हेरेर बस्छौँ।’

‘कसलाई मन्त्री, राजदुतलगायत नियुक्तीका कुरा आए र अरू धेरै आउन बाँकी छ’ उनले भने, ‘उहाँहरूले दुनामा माग्दा अदालतले टपरीमा दियो ।’ अदालतमा किनबेचका भरमा चलेको आरोप समेत ओलीले लगाए । ‘ओलीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने श्रीमानहरू खोई कसकसलाई मन्त्री बनाउँदै हिड्नु हुँदोरहे छ’, ओलीले भने, ‘अहिले न्यायलय भनेर चुप बस्ने दिन गएका छन् ।’

उनले न्यायलयको काम संविधानको व्याख्या गर्ने भए पनि संविधाननै बनाएको आरोप समेत लगाए । उनले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र रार्इलाई आउँदो चुनावमा जनमत जोगाउन समेत चुनौती दिएका छन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ५ : १५ बजे

राष्ट्रपति ट्रम्पको निर्णयः अमेरिका जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने

न्युयोर्क – अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार

एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

रूकुम पश्चिम – रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकाको अदुवाले बजार पाएको छ।

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल माघ ८ गते मंगलबार माघ

आज २०८१ साल माघ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ८ गते मंगलबार माघ