विराट कोहली : महान् खेलाडी, ‘फ्लप’ कप्तान « Khabarhub

विराट कोहली : महान् खेलाडी, ‘फ्लप’ कप्तान


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ । उसले सोमबार साँज ७:४५ बजे अन्तिम खेलमा नामिबियाको सामना गर्दै छ । टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ ।

यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन् । कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ । तर, आईसीसी प्रतियोगिताका ठूला खेलहरूमा उनको कप्तानीको चमक फिक्का भएको छ । विराटले अहिलेसम्म ६५ टेस्ट खेलमा भारतको कप्तानी गरिसकेका छन् ।

जसमा टोलीले ३८ खेल जितेको छ, जुन कीर्तिमान हो । योसँगै विराट कोहली एमएस धोनी, मोहम्मद अजहरुद्दिन पछि एकदिवसीय अन्तर्राष्ट्रियमा भारतका तेस्रो सफल कप्तान हुन् ।

विराटले अहिलेसम्म ९५ एकदिवसीय खेलमा भारतको  कप्तानी गरेका छन्, जसमा भारतले ६५ खेल जितेको छ । यसबाहेक विराटले अहिलेसम्म ४९ टी-२० खेलमा भारतको नेतृत्व गरेका छन् ।

कोहलीको  रेकर्ड

३३ वर्षीय कोहली टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। उनले अहिलेसम्म भारतका लागि ६५ टेस्ट खेलमा ५६.११ को औसतमा ५६६७ रन बनाएका छन् । यस अवधिमा उनको ब्याटले २० शतक र १७ अर्धशतक प्रहार गरेको छ ।

कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा धोनीपछि दोस्रो सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन् । कप्तानको रूपमा उनले अहिलेसम्म ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२.६५ को औसतमा ५ हजार ४ सय ४९ रन बनाएका छन्।

यस अवधिमा उनको ब्याटबाट २१ शतक र २७ अर्धशतक प्रहार भएका छन् । योसँगै विराट अष्ट्रेलियाका कप्तान आरोन फिन्चपछि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । कोहलीले अहिलेसम्म ४९ टी-२० अन्तर्राष्ट्रियमा कप्तानको रूपमा १५७० रन बनाएका छन् ।

फ्लपकप्तान

विराटको कप्तानी आईसीसी टूर्नामेन्टका ठूला खेलहरूमा पूर्ण रूपमा फ्लप भएको छ। विराटाको कप्तानीमा भारत २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १८० रनले पराजित भएको थियो ।

उक्त खेलमा विराट कोहलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। त्यसको पूरा फाइदा उठाउँदै पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३३८ रन बनायो । सन् २०१९ को विश्वकपमा भारतले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनायो ।

तर, निर्णायक खेलमा उनी फेरि एकपटक फ्लप साबित भए । उक्त सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत १८ रनले पराजित भएको थियो । टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट प्रदर्शनलाई हेर्दा, आईसीसी टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने अपेक्षा गरिएको थियो । तर, साउथह्याम्पटनमा भएको फाइनल खेलमा विराटको भाग्यले फेरि धोका दिएको थियो। टस हार्नु मात्र होइन भारतले आठ विकेटले हार व्यहोरेको थियो ।

साथै, लामो समय आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी गरे पनि उनको टोलीले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन। यसैलाई कारण मान्दै कोहलीले आईपीएलको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

अहिले चलिरहेको टी-२० विश्वकपमा भारतीय टोली उपाधिको दाबेदार मानिएको थियो ।  तर, पाकिस्तान र न्युजिल्यान्डविरुद्धको खेलमा ब्याटिङ र बललिङ दुवैमा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो । योसँगै विराटको भाग्यले दुवै खेलमा धोका खायो र उनी टस जित्न पनि असफल भए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ३६ बजे

नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा

विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर जवाफ

प्रतिनिधिसभा : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका

इरानले अमेरिकामाथि लगायो ‘युद्ध अपराध’ गरेको आरोप

तेहरान– इरानले फार्स प्रान्तको लामर्डस्थित खेलकुद हलमा भएको भनिएको क्षेप्यास्त्र

एक वर्षमा ५२३ विदेशी नागरिक निष्कासित

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) प्रभावकारी