२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने « Khabarhub

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ ।

सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० खेल आयोजना हुनेछ । यसका लागि खेल स्थलसमेत तय भइसकेको छ । पहिलो टेस्ट क्रिकेट ३ देखि ७ मार्चसम्म कराँची, दोस्रो १२ देखि १६ मार्चसम्म रावलपिण्डी तथा २१ देखि २५ मार्चसम्म लाहोरमा आयोजना हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष रमिज राजाले भने, ‘अस्ट्रेलियालाई स्वागत गर्न पाउँदा खुसी छु । अस्ट्रेलिया एउटा राम्रो टोली हो, जुन टोली २४ वर्षपछि पहिलो पटक आउँदै छ । यो फ्यानका लागि विशेष उपहार हुनेछ ।’ राजाले अस्ट्रेलियाविरुद्ध आठ टेस्ट र १८ ओडीआई खेलेका छन् । यसअघि अस्ट्रेलियाली टोली सन् १९९८-९९ मा पाकिस्तान भ्रमणमा निस्किएको थियो ।

तालिका :

३-५ मार्च : पहिलो टेस्ट, कराँची

१२-१६ मार्च : दोस्रो टेस्ट, रावलपिण्डी

२१-२५ मार्च : तेस्रो टेस्ट, लाहोर

२९ मार्च : पहिलो ओडीआई, लाहोर

३१ मार्च : दोस्रो ओडीआई, लाहोर

२ अप्रिल : तेस्रो ओडीआई, लाहोर

५ अप्रिल : टी- ट्वान्टी, लाहोर

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ५० बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास