सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको तालिबानद्वारा स्वागत « Khabarhub

सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको तालिबानद्वारा स्वागत


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् ।

द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् ।

अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन कूटनीतिज्ञहरूलाई फिर्ता गर्ने र युद्धग्रस्त देशमा काम पुनः सुरु गर्नेबारे छलफल गरेको जनाइएको छ ।

अफगानिस्तानका लागि जर्मन क्याबिनेटका विशेष दूत, मार्कस पोट्जेलले आगामी दिनमा काबुलको भ्रमण गर्ने र तालिबानसँग देशमा जर्मन कूटनीतिज्ञहरूको काम पुनः सुरु गर्नेबारे छलफल हुने स्रोतले जानकारी दिएको छ ।

अगस्ट १५ मा तालिबानले काबुलमाथि कब्जा जमाएपछि, पोटजेल दोहामा बसोबास गर्दै आएका छन् र त्यहीँबाट उनले अफगानिस्तानको अवस्थाको अध्ययन गरिरहेको खामा प्रेसले जनाएको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : ४७ बजे

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ