पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता « Khabarhub

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्ता गरेका छन् ।

वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् ।

सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उद्धृत गर्दै सार्वजनिक भएका समाचारमा उल्लेख छ ।

पेस्कोभले पुटिन र बर्न्सले साइबर सुरक्षाका मुद्दाहरूलाई पनि सम्बोधन गरेको बताएका छन् ।

बर्न्सले रुसी राजधानीको आफ्नो भ्रमणका क्रममा मङ्गलबार मस्कोमा रुसी विदेशी गुप्तचर सेवाका निर्देशक सर्गेई नारिस्किनसँग भेट गरेको बताइएको छ ।

मङ्गलबार पनि, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोमा बर्न्ससँग ‘रूसी–अमेरिकी सम्बन्धमा छलफल’ गर्न वार्ता गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : १५ बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक