घर आसपासमा यी ४ बोटबिरुवा हुनु शुभ मानिँदैन « Khabarhub

घर आसपासमा यी ४ बोटबिरुवा हुनु शुभ मानिँदैन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्र एक प्राचीन शास्त्र हो । जसमा घरको वास्तुसहित खुसीयाली जीवन कसरी बनाउने भन्ने बारे जानकारी दिइएको हुन्छ । वास्तु शास्त्र अनुसार घर वा आसपासको वातावरण वास्तु अनुरूप भए शुभ हुने मान्यता छ ।

वास्तु अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्त्वपूर्ण भूमिका हुन्छ । तुलसीको बोट सकारात्मक ऊर्जाको जीवन्त प्रतीक हो । यस अलावा नीम, मनी प्लान्ट आदि शुभ मानिन्छ । तर केही यस्ता बोटबिरुवा छन् जो घर आसपास भए यसले नकारात्मक ऊर्जा उत्पन्न गर्ने विश्वास गरिन्छ ।

तित्री (इमली)को बोट

हुन त अन्य धेरै कारणले तित्री स्वास्थ्यका लागि लाभकारी मानिन्छ । तर वास्तुको दृष्टिले तित्रीको बोट अशुभ मानिन्छ । वास्तु शास्त्र अनुसार घर वा आसपास तित्रीको बोट भए नकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास गरिन्छ । जसका कारण घरका सदस्य बिरामी पर्न सक्ने, आपसी मनमुटाब बढ्ने मान्यता छ ।

पीपल

सामान्यता पीपललाई धार्मिक दृष्टिकोणले शुभ मानिन्छ । धार्मिक शास्त्र अनुसार पीपल पूजनीय पनि छ । तर वास्तु अनुसार पीपललाई घरमा वा घर आसपासमा रोप्न बाट बच्नु पर्दछ । अन्यथा आर्थिक हानी हुने मान्यता छ ।

सिउँडी

वास्तु शास्त्र अनुसार घर परिसरमा कुनै पनि प्रकारको काडेँदार बोटबिरुवा हुनु शुभ मानिँदैन । यसले घरमा नकारात्मक ऊर्जा उत्पन्न गराउने विश्वास गरिन्छ । यस्तोमा सिउँडी वा यो जस्तै कुनै पनि प्रकारको काडेँदार बोटबिरुवा घर वा आसपासमा रोप्न नहुने वास्तुको मान्यता छ । अन्यथा यसबाट उत्पन्न हुने नकारात्मक उर्जाका कारण परिवारका सदस्यबीच आपसी मनमुटाब बढ्ने विश्वास गरिन्छ ।

खजूर

घरमा खजूरको बोट हुनु वास्तुको दृष्टिले शुभ मानिँदैन । काडेँदार हुने भएकाले वास्तु अनुसार खजूर घर वा आसपासमा भए यसले पनि नकारात्मक ऊर्जा उत्पन्न गर्ने र घर परिवारको सफलतामा बाधक बन्ने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ