इन्टरलाई हराउँदै रियल मड्रिड समूह विजेता « Khabarhub

इन्टरलाई हराउँदै रियल मड्रिड समूह विजेता


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड समूह विजेता बन्न सफल भएको छ ।

इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै रियल युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको छिनोफानो हुने खेलमा रियलले बाजी मारेको हो ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलको १७ औं मिनेटमा रोड्रिगोको पासमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिन सफल भएको थियो । ७८औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका विंगर मार्को एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोली रियलको जित पक्का गरे ।

यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोडेको छ । त्यस्तै गएराति नै भएको सोही समुहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र