विवाह पञ्चमीमा प्रधानमन्त्री देउवाको शुभकामना « Khabarhub

विवाह पञ्चमीमा प्रधानमन्त्री देउवाको शुभकामना


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको र हामीले एउटा आदर्श नारीमा हुनुपर्ने गुणसमेत उनले प्रदर्शन गरेको व्यवहारबाट सिक्न सकिने बताएका छन्।

त्रेतायुगमा अयोध्याबाट भगवान् राम प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर वैदिक सनातन हिन्दू संस्कृतिअनुसार राजकुमारी सीतालाई विवाह गरेको मङ्सिर शुक्ल पञ्चमीको आजको ऐतिहासिक एवं सांस्कृतिक महत्वको विशेष दिनलाई विवाह पञ्चमी पर्वले चिनिन्छ।

राम र सीताको विवाहको उत्सव मनाउन रामजानकी मन्दिरमा सीता र उहाँका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने र उहाँहरुको कीर्तिको गुणगान गर्दै साताव्यापी विविध धार्मिक कार्यक्रम गर्ने प्रचलन छ । कोभिड–१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

सांस्कृतिक महत्व बोकेको यस ऐतिहासिक महान् पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र राष्ट्रिय एकताको भावना अभिवृद्धिमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : १३ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र