युएईमा अबदेखि हप्तामा साढे चार दिन काम गर्नुपर्ने « Khabarhub

युएईमा अबदेखि हप्तामा साढे चार दिन काम गर्नुपर्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – संयुक्त अरब इमिरेट्स (युएई) मा हप्तामा साढे चार दिन काम गर्ने नियम बनाइएको छ ।

युएईले यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि मात्रै बिदा दिने बताएको हो ।

यो नियम आगामी जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा भने जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता नियम लागू हुने जनाइएको छ ।

अरू दिनहरूमा बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरू खुल्ने त्यहाँको सरकारलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो पारिएको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ४० बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ