युएईमा अबदेखि हप्तामा साढे चार दिन काम गर्नुपर्ने « Khabarhub

युएईमा अबदेखि हप्तामा साढे चार दिन काम गर्नुपर्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – संयुक्त अरब इमिरेट्स (युएई) मा हप्तामा साढे चार दिन काम गर्ने नियम बनाइएको छ ।

युएईले यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि मात्रै बिदा दिने बताएको हो ।

यो नियम आगामी जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा भने जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता नियम लागू हुने जनाइएको छ ।

अरू दिनहरूमा बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरू खुल्ने त्यहाँको सरकारलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो पारिएको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ४० बजे

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन