बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन « Khabarhub

बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लतिपुरको बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् ।

बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो ।

समिति संयोजक देशारले कानुनविपरीत बज्रबाराही वनमा डोजर प्रयोग गरेर सडक विस्तार गरेपछि आफूहरूको विरोधलाई विकाश विरोधीको आरोप लगाएर आन्दोलन दबाउन खोजेको बताए । ‘हामीले १००भन्दा धेरै स्थानीयवासीको विरोधको हस्ताक्षर गोदावरी नगरपालिकामा बुझायौं, तर दर्ता नै भएन,’ उनले भने ।

गोदावरी नगरपालिकाको नवनिर्मित भवन अगाडि करिब आठ फिट चौडाइको सडक वन क्षेत्र अतिक्रमण गरेर विस्तार गरेपछि स्थानीयवासी विरोधमा उत्रेका हुन् । ५०० मिटर दूरीको सडक विस्तारका लागि नगरपालिकाले करिव ८५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ ।

धार्मिक वनमा अनाधिकृत रुपमा संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था भए पनि नगरपालिकाले जिल्ला वन कार्यालयको मौखिम सहमतिमा सडक विस्तार गरेको बताउँदै आएको छ ।

स्थानीय किशोर देशारले बज्रबाराही वनमा सडक विस्तार मात्र नभई पुरातात्विकविपरीत धेरै संरचना निर्माण गरिएको बताए । उनले भने, ‘बज्रबाराही वनको संरक्षणको जिम्मा लिएको ज्योतिदय संघले निर्माण गरेको संरचनाहू नै पुरातत्विक दृष्टिकोणविपरीत छ ।’

बज्रबाराही वन सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत प्रेमा थापाले आफूले पत्र लेखेर सडक विस्तारको काम रोक्न लगाए पनि पर्खाल लगाउन भने नरोकिएको बताइन् । ‘सडक मापदण्डभित्रको वनमा सडक बनाउन डकुमेन्ट त चाहिने हो,‘मौखिक कुराकानीका आधारमा काम गरेको रहेछ,’ उनले भनिन् ।

धार्मिक वनमा नयाँ संरचना बनाउन नहुने भन्दै नगरपालिकाले लाखौँ लगानीमा एक व्यवसायीले जिपलाइन निर्माण गरेर सुरु गरेपछि हटाएको थियो । तर, पछिल्लो समय नगरपालिकाकै लगानीमा स्थानीयले यही धार्मिक वनमा व्यायामशाला निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : २५ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई