ए डिभिजन लिग : शेर्पाले पुलिससँग अंक बाढ्यो « Khabarhub

ए डिभिजन लिग : शेर्पाले पुलिससँग अंक बाढ्यो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा पहिलो मिनेटमै हिमालयन शेर्पा क्लबले लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो मिनेटमै शेर्पाका विश्वास श्रेष्ठले गोल गरेका थिए । खेलको एक मिनेट पनि नबित्दै पेनाल्टी एरिया बाहिरबाट शेर्पाका कप्तान विश्वासले गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले सम्हाल्न नसक्दा पुलिस पछि परेको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा बल पोसेसन होल्ड गर्ने रणनीति बनाएको शेर्पाले विभागीय महारथिलाई मध्यान्तरसम्म गोल गर्नबाट रोकेको थियो ।

यद्यपि, दोस्रो हाफको सुरुआतदेखि नै निन्तर शेर्पामाथि दबाब बनाएको पुलिसका लागि सुमन लामाले ६०औँ मिनेटमा बराबरी गोल फर्काए ।

मिडफिल्डर तेज तामाङले सेन्टर सर्कल भित्रबाट दिएको ‘थ्रु बल’मा विङ्गर रवि पासवानले उत्कृष्ट रन बनाएर पेनाल्टी एरियामा क्रस गरेका थिए । रविको सुन्दर क्रसलाई ‘अनमार्क’ रहेका पुलिसका फरवार्ड सुमन लामाले ६ यार्ड बक्सको लाइनबाट एक्रोब्याटिक प्रहार गर्दै गोल गरेका थिए ।

त्यसबाहेक विभागीय टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन । पुलिसका सेन्टर ब्याक अञ्जन राईको प्रहार शेर्पाको क्रसबार माथिबाट बाहिरिएको थियो ।

६५औँ मिनेटमा अञ्जनले पुनः गरेको प्रहारमा शेर्पाका गोलकिपर किशोर गिरी बाधक बनेका थिए । विभागीय टोलीविरुद्ध पाएका मौका सदुपयोग गर्न लगातार कोसिस गरेको शेपाले पुलिसको रक्षापंक्ति छिचोल्न सकेन ।

निर्धारित ९० मिनेटको खेल सकिन सात मिनेट बाँकी रहँदा शेर्पाका कप्तान विश्वासले दायाँ तर्फबाट प्रहार गरेको फ्रि–किक सोझै पुलिसका गोलकिपर चौधरीको हातमा पुगेको थियो ।

बराबरीसँगै सुरुवाती तीन खेलबाट ५ अंक जोडेको पुलिस लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १-० को नतिजामा पराजित गरेको थियो ।

समान खेलबाट दुई अंक जोडेको शेर्पा लिग तालिकाको १२औँ स्थानमा छ । पहिलो खेलमा संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको शेर्पा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-० को नतिजामा पराजित भएको थियो ।

सुरुवाती तीन खेलबाट ७-७ अंक जोडेका सातदोबाटो युथ क्लब र मनाङ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । बुधबार नै हुने तेस्रो चरणको अन्तिम खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ३५ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६