हेलिकोप्टर दुर्घटना : १४ यात्रुमध्ये १३ को मृत्यु, एकजना जीवित सेनाध्यक्ष रावत हुन् ? (भिडियो) « Khabarhub

हेलिकोप्टर दुर्घटना : १४ यात्रुमध्ये १३ को मृत्यु, एकजना जीवित सेनाध्यक्ष रावत हुन् ? (भिडियो)


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको सरकारी अधिकारीको हवला दिँद प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) ले जनाएको छ । एक पुरुष जीवित रहेको बताइएको छ ।

तर, मृतककको परिचय भने दिइएको छैन । जीवित भनिएका पुरुषको पनि परिचय दिइएको छैन । जर्नेल रावतको अवस्थाबारे पनि केही खुलाइएको छैन । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका छन् ।

भारतीय सेनाको एमआई सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ०७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६