भैंसी पालेरै महिनामा चार लाख आम्दानी « Khabarhub

भैंसी पालेरै महिनामा चार लाख आम्दानी


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरिरहेका छैनन् जिल्लाका युवाहरूको आइडल पनि बनेका छन् ।

कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेको भैंसी पालनबाट आकर्षित भएर साँगाचोकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । उनीहरूले करिब ५५ लाखमा सुरू गरेको भैंसीपालनबाट अहिले माहिना मै साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् ।

सिन्धु–कुभिण्डे कृषि फर्म खडा गरेर उनीहरूले ११ वटा भैंसीबाट व्यवसाय सुरु गरेको बताए । अहिले २१ वटा भैंसी र १७ वटा पाडापाडी रहेको फर्म सञ्चालक कुमार सापकोटाले बताए । उनले भने, ‘अहिले व्यवसायिक रूपमा भैंसीपालन सुरू गरेपछि उत्पादित दूधको माग बढिरहेको छ तर भैंसीलाई दिने घाँस, दानाको महङ्गी बढेअनुसार दूधको भाउ नहुँदा दुःख लाग्छ, मल धेरै हुने भएकाले भैंसी पालनसँगै थोरै मात्रामा तरकारी पनि लगाएका छौँं ।’ दूध प्रतिलिटर सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।

पार्टनरसीपकै साथीहरूको जग्गामा भैंसी फर्म छ भने फर्मको नाममा भएको करिब ३६ रोपनी जग्गामा भैंसीका लागि आवश्यक पर्ने घाँस लगाएको छ । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसमअनुसारको तरकारी खेती गरेको उनको भनाइ छ । सो मलमुत्र घाँस र तरकारीमा हाल्ने गरेका छन् ।

उत्पादित दूध जिल्ला सदरमुकाम चौतारा बजारमा लगेर बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । करिब एक लाख ५० हजार हाराहारीमा खरिद गरेको भैंसीले दैनिक १४ लिटरसम्म दूध दिने गरेको छ ।

६ जनालाई रोजगारी

फर्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । उनीहरूले भैंसीलाई आवश्यक हेरचाह गर्नुका साथै दूध दुहुनेलगायतका काम गर्दै आएका छन् । दैनिक १२० देखि १२५ लिटर दूध उत्पादन गरिरहेका उनीहरूले हरेक दिन बिहानै चौतारा बजार पुर्याएर बेच्ने गरेका छन् ।

अर्का सन्चालक मधवराजले यस व्यवसायबाट आत्मसन्तुष्टि मिलेको बताए । परिवारसँग बसेर काम गर्दा सहज र खुसी मिल्ने उनको भनाइ छ ।

कुमार सापकोटा र माधवराज सापकोटा वैदेशिक रोजगारीबाट फर्किएका हुन् । टोपनाथ भने गाउँमै परम्परागत शैलीमा कृषि गर्दै आएका थिए । तीन युवाले सञ्चालन गरेको फर्म यो क्षेत्रकै उदाहरणीय बनेको छ। खाडी मुलुकमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने उनीहरूको अनुभव छ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ५० बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि