दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्यो « Khabarhub

दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्यो


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ ।

चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ ।

प्रहरीचौकी नजिकै बन्दुकद्वारा भकाभक वन्यजन्तु मर्दासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको उनीहरुको आरोप छ । प्रहरी कार्यालयभित्र नै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान दिँदैनन् बारेकोट गाउँपालिका–४ का काली बस्नेतले बताए ।

बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडी, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिङ्गा, तिमीलेलगायत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइरहेको वन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाइ छ ।

शिकारीले भरुवा बन्दुक, पासो थापेर र शिकारी कुकुरको प्रयोग गरेर जङ्गली जनावर मार्ने गरेका छन् ।

‘गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन’, सिंहले भने ।

जिल्लाका विभिन्न भेगमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, कालिजलगायत जङ्गली जनावर तथा पक्षीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ ।

वन एकाइमा कार्यरत वन प्राविधिक तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यान दिन नसकेको नलगाड–४ का गोविन्द्र वलीले बताए ।

डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पूर्णबहादुर चन्दले चोरी शिकार नियन्त्रण गर्न डिभिजन वन कार्यालयले काम गरिरहेको बताए ।

अतिक्रमण, डढेलो, चरिचरनलगायत कारण वन विनाश बढेपछि पनि जङ्गली जनावर तथा पक्षीको वासस्थानसमेत नष्ट हुँदै गएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : २८ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली