काठमाडौँको टोखामा श्रीमान श्रीमती मृत भेटिए « Khabarhub

काठमाडौँको टोखामा श्रीमान श्रीमती मृत भेटिए


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखामा श्रीमान श्रीमती नै मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार शुक्रबार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरी अनुसन्धान अनुसार उमेश केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्किएको खुलेको छ । घटनाको कारण भने खुलेको छैन । डिएसपी विष्टले खबरहबसँग भने, ‘घटना कसरी घट्यो भन्ने नखुले पनि श्रीमान श्रीमतीबीचको विवादले यो अवस्था ल्याएको देखिन्छ । घटनाबारे अनुसन्धान जारी छ ।’

सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद बढेको थियो । यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उमेशको शीरमा चोट पटक देखिएको छ। घटनास्थल नजिकै रगत लागेको ढुँगा समेत भेटिनुले थप शंका जन्माएको हो। अहिले शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पठाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : ०३ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ