सुर्खेत– नेकपा (प्रचण्ड–नेपाल)पक्षका नेता योगेश भट्टराईले नेकपाको आधिकारीक पार्टी आफुहरु भएको दावी गर्दै प्रतिनिधिसभाविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका छन् ।
दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका नेता भट्टराईले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति जारी गर्नुलाई स्वागतयोग्य भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी ढंगमा गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी छ, अहिले संविधानको रक्षा गर्ने सबै पंक्ति आन्दोलनमा छौं । प्रमुख प्रतिपक्षी दलले पनि ओलीको कदमको विरोध गरेको छ । अहिले उहाँहरु पनि आन्दोलनमा नै हुनुहुन्छ । अबको केही समयपछि एकीकृत रुपमा आन्दोलन गर्छौं ।’













प्रतिक्रिया