प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : अर्थमन्त्री पौडेल « Khabarhub

प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : अर्थमन्त्री पौडेल


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सम्पर्क कमिटीले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाको पुनःस्थापना नहुने भएकाले निर्धारित समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेको भन्दै निर्वाचनका लागि अर्थ मन्त्रालयले स्रोतको प्रवन्ध गरेको पनि जानकारी दिए ।

उनले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनका लागि केन्द्रित भइसकेको जानकारी दिँदै कार्यकर्तालाई पनि सोही अनुरुप सक्रिय सहभागी हुन आग्रह गरे ।

स्थायी कमीटी सदस्य छविलाल विश्वकर्माले हिलोमा नै कमल फूल्न सक्ने भन्दै अहिलेको समयलाई सदुपयोग गर्दै परिस्थितिलाई निखार गर्नुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका राम्रा काम र प्रयास बारेमा जनतालाई जानकारी दिनुपर्नेमा उनले जोड दिए ।

नेकपाका नेतृ सृजना काफ्लेले राजनीतिक व्यवस्था र पाटी तरङ्गित भएको अहिलेको विशेष अवस्थामा कार्यकर्ताले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै अहिलेको राजनीतिक परिस्थतिलाई विश्लेषण गरी जनता माझ जानुपर्ने धारणा व्यक्त गरिन ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ५४ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली