अदालतलाई दबाब दिन मिल्दैन : सभापति देउवा « Khabarhub

अदालतलाई दबाब दिन मिल्दैन : सभापति देउवा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् ।

प्रतिनिभिसभा विघटनविरुद्ध देशभर भएको प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई दबाब दिनेगरी ‘यो गर, त्यो गर’ भन्न नमिल्ने धारणा राखे ।

‘अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर गर्‍यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् ।’
उनले अदालतले ओलीको कदमलाई सदर गरेमा ‘प्रचण्ड’हरु पनि चुनावमा आउने देउवाले बताए ।

तर ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ ।

उनले संसद पुनःस्थापना नभए चुनावमा जानका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले संसद् पुर्नस्थापना भएन भने चुनाव हुने अवस्था आउने भन्दै चुनाव गराउन दबाब दिनुपर्ने बताए ।

सभापति देउवाले ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने भन्दै त्यसबेला ओलीलाई देशमा बस्न नै गाह्रो हुने तर्क गरेका थिए ।

 

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ३६ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले