ओली पद जोगाउन मात्रै तल्लिन रहेको नेता खनालको आरोप « Khabarhub

ओली पद जोगाउन मात्रै तल्लिन रहेको नेता खनालको आरोप


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ‘दहाल–नेपाल’ पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै तल्लिन रहेको आरोप लगाएका छन् ।

नेकपा सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री भएदेखि नै ओलीले तानाशाहको जस्तो प्रबृति देखाउन थालेको र पद जोगाउनतिर मात्रै ध्यान केन्द्रित गरेको अरोप लगाए ।

आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाए पनि खनालले जनताको सम्मृद्धि आकाँक्षा पूरा नगरी पार्टीलाइै भर्‍याङमात्र बनाएको बताए ।
उनले भने, ‘विश्वासको साथमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर मुलुकको अभिभारा सुम्पिनु गलत भयो ।’

नेता खनालले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको अपेक्षाविपरीत कदम चालेको बताए ।

प्रधानमन्त्री ओलीले अनेक पटक संसद भङ्ग गर्ने धम्की दिएको तर आफूहरुले संविधानले नदिने भनी सुध्रने मौका दिएको समेत खनालले बताएका थिए ।

उनले समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिए पनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए ।

नेता खनालले ओली पक्षले शुक्रबार कैलालीम गरेको भेलालाई पञ्च भेलाको संज्ञा दिए ।

‘धनगढीको पञ्चभेला हो । बस रिजर्भ गरेर, पैसा तिरेर धनगढीमा पञ्चभेला गरियो । जहाँ ५ हजार त प्रहरीमात्रै थिए’, खनालले भने ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष