ओली पद जोगाउन मात्रै तल्लिन रहेको नेता खनालको आरोप | Khabarhub Khabarhub

ओली पद जोगाउन मात्रै तल्लिन रहेको नेता खनालको आरोप


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ‘दहाल–नेपाल’ पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै तल्लिन रहेको आरोप लगाएका छन् ।

नेकपा सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री भएदेखि नै ओलीले तानाशाहको जस्तो प्रबृति देखाउन थालेको र पद जोगाउनतिर मात्रै ध्यान केन्द्रित गरेको अरोप लगाए ।

आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाए पनि खनालले जनताको सम्मृद्धि आकाँक्षा पूरा नगरी पार्टीलाइै भर्‍याङमात्र बनाएको बताए ।
उनले भने, ‘विश्वासको साथमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर मुलुकको अभिभारा सुम्पिनु गलत भयो ।’

नेता खनालले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको अपेक्षाविपरीत कदम चालेको बताए ।

प्रधानमन्त्री ओलीले अनेक पटक संसद भङ्ग गर्ने धम्की दिएको तर आफूहरुले संविधानले नदिने भनी सुध्रने मौका दिएको समेत खनालले बताएका थिए ।

उनले समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिए पनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए ।

नेता खनालले ओली पक्षले शुक्रबार कैलालीम गरेको भेलालाई पञ्च भेलाको संज्ञा दिए ।

‘धनगढीको पञ्चभेला हो । बस रिजर्भ गरेर, पैसा तिरेर धनगढीमा पञ्चभेला गरियो । जहाँ ५ हजार त प्रहरीमात्रै थिए’, खनालले भने ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १६ बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र