हिन्दू राष्ट्रको माग गर्दै एकता अभियानद्वारा जनकपुरमा विरोध प्रदर्शन « Khabarhub

हिन्दू राष्ट्रको माग गर्दै एकता अभियानद्वारा जनकपुरमा विरोध प्रदर्शन


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय एकता अभियानले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

रेल्वे स्टेशनबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरी जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको यस मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने बताए ।

उनले आफूहरु लोकतन्त्र पक्षधर भएकोले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत आफूहरुको आन्दोलन जारी रहने जानकारी दिए ।

कोणसभामा अभियानका उपाध्यक्ष सुनिता साह, मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यलगायतकाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ४५ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड