हिन्दू राष्ट्रको माग गर्दै एकता अभियानद्वारा जनकपुरमा विरोध प्रदर्शन « Khabarhub

हिन्दू राष्ट्रको माग गर्दै एकता अभियानद्वारा जनकपुरमा विरोध प्रदर्शन


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय एकता अभियानले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

रेल्वे स्टेशनबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरी जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको यस मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने बताए ।

उनले आफूहरु लोकतन्त्र पक्षधर भएकोले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत आफूहरुको आन्दोलन जारी रहने जानकारी दिए ।

कोणसभामा अभियानका उपाध्यक्ष सुनिता साह, मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यलगायतकाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु