कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी « Khabarhub

कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् ।

जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए ।

जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । नौ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् । त्यसैगरी आठ जना डाका मुद्दा, तीन जना चोरी मुद्दा, पाँच जना लागुऔषध मुद्दा, चार जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेका छन् ।

त्यसैगरी दुई जना सवारी ज्यान मुद्दा, तीन जना जबर्जस्ती करणी, अपरहण मुद्दा, पाँच जना हातहतियार खरखजना, आगजनी मुद्दा, एक जना सार्वजानिक अपराध, वैदेशिक रोजगार मुद्दा, छ जना बहुविवाह मुद्दा, एक जना आगजानी अपरहण तथा शरीर बन्धक कर्तव्य ज्यान मुद्दा, एक जना अवैध वन पैदवार मुद्दा, सात जना हाडनाता कारणी मुद्दा, दुई जना ठगी र अभद्र व्यवहार, आठ जना कर्तव्य ज्यान, अवहेलना मुद्दाका बन्दी छन् । दुई जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताए ।

एक बहुविवाह मुद्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताए। दिन प्रतिदिन आपराधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले बताए । कारागारको क्षमताभन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उनले बताए । सरकारले अपराधीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको उनको भनाइ थियो ।

कारागारमा दरबन्दीअनुसार कार्मचारी अभाव

ताप्लेजुङ कारगारमा नौ जनाको दरबन्दी रहेकामा अहिले जेलर एक, करारमा एक कम्युटर ओपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन् । दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका एक अहेव, एक लेखा र एक खरदारको दरबन्दी छ । जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताए । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीले बताए ।

ताप्लेजुङ कारागार विसं १९९२ मा बनेको हो । कारागारको नाममा फुङलिङ नगरपालिका–२ मा सात रोपनी जग्गा छ । नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट पत्र जिल्ला कारागारमा आएको छ । जेलर खवासले भने “योगेश भट्टराई पर्यटनमन्त्री हुँदा दुईपटक कारागारको जग्गामा अवलोकन गराएँ, कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु ।”

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : १० बजे

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले