यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने « Khabarhub

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले बताए ।

प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्नको ऐन नै बनेको छैन । त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले परीक्षा केन्द्रस्तरबाटै हुने निर्णय भएको उनले बताए । उनले भने, ‘नयाँ राष्ट्रिय शिक्षा ऐन बनिनसकेकाले प्रदेशस्तरमा परीक्षा सञ्चालनको ऐन नै छैन ।’

विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भइनसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ४९ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का