यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने « Khabarhub

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले बताए ।

प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्नको ऐन नै बनेको छैन । त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले परीक्षा केन्द्रस्तरबाटै हुने निर्णय भएको उनले बताए । उनले भने, ‘नयाँ राष्ट्रिय शिक्षा ऐन बनिनसकेकाले प्रदेशस्तरमा परीक्षा सञ्चालनको ऐन नै छैन ।’

विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भइनसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ४९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा